Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

आरआर क्याम्पसको स्ववियु सभापतिमा संगम तामाङलाई उम्मेदवार बनाउने अखिल क्रान्तिकारीको निर्णय


नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार टुंगो लगाएको छ ।

अखिल क्रान्तिकारीले संगम कुमार लामा तामाङलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव शिशिर बस्यालले जनाएका छन् ।

बस्यालका अनुसार रामेछापको सुनापति गाउँपालिका घर भएका लामा क्याम्पस कमिटीका बहालवाला अध्यक्ष पनि हुन् । उनी स्नातकोत्तर तहमा अध्यनरत छन् ।

त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गराउँदै छ । त्यसका लागि त्रिविले १३ बुँदे निर्देशन जारी गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार