Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

पूर्वराजालाई चुनाव जितेर सत्तामा आउन प्रचण्डको चुनौती


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन्।

शनिबार बिहान रौतहटको गरूडाका उद्योगी तथा व्यापारीसँगको ‍भेटघाटमा अध्यक्ष प्रचण्डले राजतन्त्र पुनः स्थापना असम्भव रहेको बताउँदै पूर्वराजा शाहलाई बरू पार्टी खोलेर चुनाव लड्न सुझाएका हुन्।

‘इतिहासको चर्खा कहिले पनि फर्कँदैन, यदी उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ,’ उनले भने। अर्को प्रसङ्गमा अध्यक्ष प्रचण्डले गरूडामा रहेको श्रीराम सुगर मिल सञ्चालनको लागि सक्दो पहल गर्ने बताए।

यस मिलसँग रोजगारी, आर्थिक विकास समेत जोडिएको हुँदा श्रीराम सुगर मिल सञ्चालनको लागि पार्टीको तर्फबाट सक्दो सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए।

अध्यक्ष दाहालसहितको टोली माओवादी केन्द्रको जनतासँग माओवादी तराई–मधेस जागरण अभिायनअन्तर्गत शुक्रबार साँझ रौतहट पुगेका हुन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार