Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

साँघातिक आक्रमण गर्ने माथि कडा कारबाही होस्ः राष्ट्रिय युवा संघ नेपाल


राष्ट्रिय युवा संघ नेपालले आफ्ना नेताहरुमाथि भएको साँघातिक आक्रमणप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार विज्ञप्ती जारी गर्दै झापाको विर्तामोडमा संघका केन्द्रिय सदस्य खगेन्द्रराज आङदाङवे, नेताहरू विश्वदीप राजवंशी र अजय खवास माथि भएको आक्रमणप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

उनीहरुमाथि सोमबार राती साँघातिक आक्रमण भएको जनाइएको छ । संघका प्रवक्ता कृष्णहरि केसीले मंगलबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य एवं झापा जिल्ला इञ्चार्ज क. खगेन्द्रराज आङदाङवे, संघका झापा जिल्ला नेताहरू क. विश्वदीप राजवंशी र अजय खवास माथि गए राती झापाको विर्तामोडमा ज्यान मार्ने उद्देश्यले भएको साँघातिक आक्रमणको घटना प्रति राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको गम्भिर ध्यानाकर्षण भएको छ ।’

ज्यानै लिने उद्देश्यले आक्रमण गरिएको बताउँदै राष्ट्रिय युवा संघले तत्काल दोषीमाथि कारबाही गर्न माग गरेको छ । विज्ञप्तीमा थप भनिएको छ, ‘व्यक्तिले निर्वाध तवरले जीवन जिउन पाउने अधिकारलाई कुण्ठित गरी ज्यानै मार्ने उद्देश्यले योजनावद्ध तवरले गरिएको साँघातिक आक्रमणको घोर निन्दा र भत्र्सना गर्दछौं । उपचाररत कमरेडहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

यस किसिमको अराजकता, अशान्ति र अपराधिक गतिविधीको नियन्त्रण गर्न कानुनी राज्यको कतव्र्य हो। घटनामा संलग्न अपराधीहरूलाई यथाशक्य पक्राऊ गरी हदैसम्मको कार्वाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार