Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

कुलमानलाई पद मुक्त गरेको भन्दै ऊर्जामन्त्री दिपक खड्काको पुत्ला दहन


कुलमान घिसिङलाई रातारात नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेपछि यतिबेला देशभर ऊर्जामन्त्री दीपक खड्काको बिरोध हुनुका साथै ठाउँठाउँमा पुत्ला दहन भइरहेकोे छ । उज्यालोका नायक भनेर चिनिने घिसिङलाई राजनीतिक चलखेल गरेर पदमुक्त गरेको भन्दै उर्जामन्त्री खड्काको बिरोध भएको हो ।

कुलमानलाई पदबाट हटाएपछि सरकारको निर्णयविरुद्ध आज नेकपा माओवादी केन्द्र आबद्ध भातृ संगठनहरु आन्दोलनमा उत्रिने भएका छन् ।
कुलमान हटाउने निर्णविरुद्ध आजै दिउँसो साढे ३ बजे नयाँ बानेश्वरमा माओवादीका जनवर्गीय संगठन र मोर्चाहरुले संयुक्त विरोध प्रदर्शन गर्न लागिएको वाइसिएल इन्चार्ज तथा युवा नेता रामप्रसाद सापकोटा दिपशिखाले जनाएका छन् ।

दिउँसो नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि प्रदर्शन र कोणसभामा सहभागी हुन उनले कार्यकर्तालाई आह्वान गरेका छन् । कुलमान हटाएर बिचौलियाको सेवा गरेको भन्दै सरकारविरुद्ध चरणबद्ध संघर्ष गरिने र जनताको समर्थन खोजिने उनले बताए ।

यसअघि आजै विहान नेकपा एसनिकट युवा विद्यार्थीले ऊर्जामन्त्री खड्काको पुत्ला जलाएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार