गणतन्त्रवादी र राजावादीको प्रदर्शन सुरु भएको छ । काठमाडौँको तीनकुनेमा राजावादीहरुले र भृकुटीमण्डपमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रदर्शन सुरु गरेका हुन् । जसका कारण आज काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
राजावादी समूहलाई रिङ्गरोड भित्र छिर्न नदिन बानेश्वर स्थित तीनकुनेको प्रमुख लेनमा प्रहरीले बार लगाइदिएको छ । सर्वसाधारणलाई भने साइडको लेन बाट हिँड्न दिएको छ ।
शङ्कास्पद गतिनिधिप्रति पनि प्रहरीले चेकिङ गरिरहेको छ । सुरक्षा व्यवस्था चुस्त राख्न ३५ हजार प्रहरी सडकमा तैनाथ छन् ।





