तीनकुने घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनकुने घटनामा तत्कालीन राजा शाहले पनि उन्मुक्ति नपाउने बताएका हुन् ।
प्रधानमन्त्रीले प्रारम्भिक अध्ययनमा चैत १५ गते भएका सबै घटनाले तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौता उल्लङ्घन गरेको भन्दै नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यवसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उनलाई नागार्जुन दरबार प्रयोग गर्न र उनकी आमालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको बताए ।





