Logo
१६ श्रावण २०८३, शनिबार
|  Sat Aug 1 2026

बालेनलक्षित सुनिताको टिप्पणीः सामाजिक सञ्चालमा स्टाटस लेखेर देश बन्दैन


काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय भावनाले ओतप्रोत भएका बताएकी छन्।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै डंगोलले नेपाली युवा सबैभन्दा माथि राष्ट्र भनेर एकजुट भएका बताइन्।

उनले भनिन्, ‘जब जब युवा एकजुट हुन्छन् तब तब असम्भव भनिएका कुरालाई सम्भव बनाउँछन्, सफलता उनीहरूले नै पाउँछन्, जसले कहिल्यै हार मान्दैन।’

नेपाली युवाले काम गर्न सक्छ भन्ने कुरा आफूले विश्व सामु प्रस्तुत गरेको दाबी गरिन्। युवाले सही र गलत छुट्याउनु पर्ने उनको भनाइ छ। युवाले हरेक कुरालाई रचनात्मक हिसाबले विश्लेषण गर्नुपर्ने बताइन्।

सत्य के हो भनेर हेर्ने र खोज्ने मानिस मात्र युवा हुने उनको धारणा छ । मानिस उमेरले मात्र युवा हुने होइन सोच र कामले युवा हुने बताइन्। उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भाँडभैलो मच्चाउन नसिकाउन आग्रह गरिन्।

‘एमालेले युवालाई दश नङ्ग्रा खियाउन सिकाउँछ, त्यस कारण म एमालेमा छु’, डङ्गोलले भनिन्, ‘स्टन्ट गरेर देश बन्दैन, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, योजना बनाउनु पर्छ।’ नेकपा एमालेका युवाहरू समस्याबाट भाग्ने युवा नभएको बताइन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार