Logo
१४ श्रावण २०८३, बिहीबार
|  Fri Jul 31 2026

जनताको सोचमा परिवर्तन आवश्यक छः सभामुख घिमिरे


सभामुख देवराज घिमिरेले जनताको सोचमा परिवर्तन आवश्यक रहेको बताएका छन् । देशमा थुप्रै सकारात्मक काम भए पनि त्यसको पर्याप्त मूल्यांकन नभएको भन्दै उनले यस्तो बताएका हुन् ।

पूर्व सांसद मञ्च नेपालले आयोजना गरेको ’नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधान निर्माणदेखि राष्ट्र निर्माणसम्मको यात्रामा पूर्व सांसदहरूले ठुलो योगदान दिएको बताए ।

सभामुख घिमिरेले वर्तमानमा शासन प्रणालीप्रति प्रश्न उठिरहेका विषयमा गम्भीर बन्नु आवश्यक रहेको बताए। ‘व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन हुन सकेन,’ उनले भने, ‘अब जनताको सोचमा परिवर्तन आवश्यक छ।’

उनले २०४६ साल यता देशमा चार गुणा भन्दा बढी विकास भएको दाबी गर्दै व्यवस्थाको कारण अवस्थामा ठुलो परिवर्तन आएको र पूर्व सांसदहरूको भूमिका पनि उल्लेखनीय रहेको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार