Logo
१४ श्रावण २०८३, बिहीबार
|  Fri Jul 31 2026

सिभिल सहकारी प्रकरणः इच्छाराज सर्वोच्चबाट पनि दोषी ठहर, ३ वर्ष कैद र पौने दुई अर्ब जरिवानाको सजाय सदर


सम्पत्ति शुद्धीकरणको मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । विशेष अदालतको फैसला बदरको माग गर्दै तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाऊँ भनी इच्छाराजले सर्वोच्चमा निवेदन दिएका थिए ।

उक्त निवेदनमाथि शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले विशेषबाट फैसला भइसकेकाले उक्त निवेदनमा केही गर्न नपर्ने भन्दै कानुनबमोजिम गर्न आदेश गरेको हो ।

तामाङलाई दोषी ठहर गर्दै विशेषले २०८० फागुन २१ गते १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनी विरुद्ध ३ अर्ब ३१ करोड बिगोसहित उनको जग्गा र सम्पत्ति जफत हुनुपर्ने माग दाबी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार