द आर्ट अफ लिभिङ नेपालले हालै UCEP नेपालको आयोजनामा बाल सुधार गृह (Juvenile Correction Home) मा एडभान्स मेडिटेशन प्रोग्राम (Advanced Meditation) सफलता पूर्वक सम्पन्न गरेको छ ।
चार दिनसम्म सञ्चालन गरिएको यस परिवर्तनकारी कार्यक्रममा २३ जना किशोरीहरू सहभागी भए, जसको मानसिक तथा समग्र स्वास्थ्यमा गहिरो सकारात्मक प्रभाव परेको छ।
कार्यक्रम द आर्ट अफ लिभिङकी वरिष्ठ प्रशिक्षक ऋतिका लोहियाको नेतृत्वमा सम्पन्न भयो। सहभागीहरूले कार्यक्रमलाई अत्यन्त लाभदायक र जीवनपरिवर्तनकारी अनुभव गरेका छन्।
एक सहभागीले भनिन्ः
“म दिनभर रुन्थेँ, अपराधबोधमा बाच्थेँ। वरिपरिका घटनालाई स्वीकार्न सक्दिन थिएँ। तर, यो कार्यक्रमपछि म भित्रैबाट शान्ति महसुस गरे । स(साना कुराहरूमा पनि अहिले खुसी सिके। जीवनलाई जसरी छ, त्यसरी स्वीकार्न सिकेँ।”
अर्की सहभागीले भनिन्ः
“आफुले गुरु प्राप्त गरेकोमा खुसी भएको बताइन्।
UCEP नेपालका उपनिर्देशक संगम चालिसेले द आर्ट अफ लिभिङ नेपाललाई धन्यवाद दिँदै भन्नुभयो, “यस कार्यक्रमले किशोरीहरूलाई पुनः आशाको किरण दिएको छ। उनीहरू भित्रको शक्ति महसुस गराउदै मुस्कुराउन र अगाडि बढ्न सहयोग पुर्याएको छ।”
द आर्ट अफ लिभिङ फाउन्डेसनका संस्थापक गुरुदेव श्री श्री रविशंकर हुनुहुन्छ । जसको मार्गदर्शनमा यस्ता मानव कल्याणमुखी कार्यक्रमहरू विश्वभर सञ्चालन हुँदै आएका छन्।







