Logo
१४ श्रावण २०८३, बिहीबार
|  Fri Jul 31 2026

भेरी नदीमा बेपत्ता प्रेमको शव भेटियो


गत जेठ ८ गते सुर्खेतको गुर्भाकोट नगरपालिका –१० भेरी नदीमा बेपत्ता प्रेम बहादुर रानाको शव भेटिएको छ । ४४ वर्षीय रानाको सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिबार शव फेला पारेको हो ।

उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं। ६ महेश्वेरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमर बस्नेतको कमाण्डमा ४ जना गोताखोर र सुरक्षा बेश घुमखरेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको टोली खटिएको थियो ।

शनिबार दिउँसो घटनास्थल नजिक शव फेला परेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार