Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

चीनलाई बाइडेनको चेतावनी-‘ताइवानमाथि आक्रमण भए हामी चुप लागेर बस्दैनौं’


अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिका ताइवानको प्रतिरक्षामा उत्रिने बताएका छन् ।ताइवानमाथि चीनले बढाउँदै लगेको दबावबारे सोधिएको प्रश्नमा राष्ट्रपति बाइडेनले भने ‘हामी ताइवानको प्रतिरक्षामा उत्रिने छौं ।’

राष्ट्रपति बाइडेनको यो भनाइलाई अमेरिकाले लामो समयदेखि अवलम्बन गर्दै आएको चीन सम्बन्धि नीतिको प्रस्थान बिन्दु मानिएको छ । ताइवानलाई आफ्नो अभिन्न अंग मान्ने चीनले ताइवानमाथि थप दबाव बढाएमा अमेरिकाले सैन्य कदम चाल्न सक्ने संकेतको रुपमा पनि यसलाई विश्लेषण गरिएको छ ।

राष्ट्रपति बाइडेनले चीनसँगको द्वन्दको विषयमा आफू चिन्तित नरहेको भन्दै चीन, रुस र बाँकी विश्वलाई अमेरिकी सेना नै सवैभन्दा शक्तिशाली हो भन्ने राम्रोसँग थाहा रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार