Logo
१९ आश्विन २०८३, सोमबार
|  Mon Oct 5 2026

सेयर बजारमा १९.९२ अंकको गिरावट, चार अर्ब ५२ करोडको कारोबार


साताको पहिलो कारोबार दिन आइतबार (पुस ६) नेपाल स्टक एक्सचेन्ज (नेप्से) १९.९२ अंकले घटेर बजार नेप्से २५९४.८७ विन्दुमा बन्द भएको छ ।

यस दिन कुल ३४५ कम्पनीको कारोबार भयो, जसमा ४३ कम्पनीको मूल्य बढ्दा २०७ कम्पनीको घट्यो भने ७ कम्पनीको स्थिर रह्यो ।

म्युचुअल फन्डबाहेक सबै उपसमूह घटेका छन् ।

नेप्सेका अनुसार एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता सेयर ७० हजार ५७६ पटक किनबेच हुँदा चार अर्ब ५२ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

एसवाई प्यानलको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, सिटिजन्स बैंक डिबेन्चर, नेपाल एसबीआई डिबेन्चर र केबीएल डिबेन्चरको मूल्य सर्वाधिक बढेको छ ।

यता, सिन्धु विकास बैंकको मूल्यमा नकारात्मक सर्किट लागेको छ । नारायणी विकास बैंक, अपर स्याङ्गे हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले घाटा व्यहोरेका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस !
विचार