Logo
२० आश्विन २०८३, मंगलवार
|  Tue Oct 6 2026

हाल सम्मकै उच्च बिन्दुमा सुन तोड्यो रेकर्ड


नेपाली बजारमा केहि दिन देखि लगातार ओरालो लागेको सुन आज साता को दोस्रो कारोबार को दिन उकालो लागेर हालसम्मकै  रेकर्ड तोडेको छ   । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो ।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँ रहेको थियो । महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख २४ हजार ३६५ रुपैयाँ कायम भएको छ ।

यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ४ हजार १०५ रुपैयाँ रहेको चाँदीको मूल्य बढेर सोमबार ४ हजार २३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार