Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

सुनचाँदीको मूल्यमा वृद्धि,


 आज नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो।

आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ थियो।
पुस महिनाको सुरुमा २ लाख ५९ हजार रहेको सुनको मूल्य महिनाको ९ गतेसम्म आइपुग्दा नौ हजार रुपैयाँ वृद्धि भएको छ।

यस्तै, आज चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ मा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य ४ हजार २५५ रुपैयाँ थियो।

आज एकैदिन चाँदी तोलामा १६५ रुपैयाँले बढेको छ।

facebook sharing button
messenger sharing button
twitter sharing button
viber sharing button
sharethis sharing button


प्रतिक्रिया दिनुहोस !
विचार