Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

एमाले कालिञ्चोक ८ को अध्यक्षमा यज्ञकुमार भारती


नेकपा एमाले कालिञ्चोक गाउँपालिका वडा नं ८ दोलखाको अध्यक्षमा यज्ञ कुमार भारती चयन भएका छन् ।
एमाले कालिञ्चोक गाउँपालिका वडा नं ८ को आज सम्पन्न अधिवेशनले भारतीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

यसैगरी अधिवेशनले हिमाल शिवाकोटीको अध्यक्षतामा ३१ सदस्यीय युवा संघ नेपाल ,दल बहादुर शिवाकोटीको अध्यक्षतामा ३१ सदस्यीय अखिल नेपाल किसान संघ, रमा पाठक शिवाकोटीको अध्यक्षतामा ३१ सदस्यीय अखिल नेपाल महिला संघ लगायतका कमिटी सर्वसम्मत गठन गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार