Logo
२१ आश्विन २०८३, बुधबार
|  Thu Oct 8 2026

प्रभु बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न


– प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा बुधबार बैंकको प्रधान कार्यालय बबरमहलमा सम्पन्न भएको छ। बैंकका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा सम्पन्न सभाले गत आर्थिक वर्ष २०८१र८२ को सञ्चालक समितिको प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गरेको छ।

सभाले बैंकको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, बैंकका सहायक कम्पनीहरू प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लि। को एकीकृत वित्तीय विवरण पनि पारित भएको छ।

हाल बैंकले देशभर ३१२ शाखा, ६८ एक्स्टेन्सन काउन्टर र २६९ एटिएम सञ्जालमार्फत ३७ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको जानकारी सभामा दिइएको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार