Logo
६ श्रावण २०८३, बुधबार
|  Thu Jul 23 2026

सुन चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?


साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो ।

यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले बढेर तोलामा ६ हजार ८७० रुपैयामा कायम भएको छ। हिजो चाँदी तोलामा ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार