Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

रोकिएको लाइसेन्सको नयाँ आवेदन यही सातादेखि खुल्दै


सवारी चालक अनुमतिपत्र लाइसेन्सको नयाँ आवेदन यही सातादेखि खुल्दै छ। यातायात व्यवस्था विभागले कोभिड-१९ का कारण रोकिएको नयाँ आवेदन खोल्न लागेको हो। नेपालमा दोस्रो लहरको कोभिड संक्रमण फैलिएपछि विभागले गत वैशाख १६ देखि नै अनलाइन तथा भौतिक उपस्थितिमा दिइने आवेदन सेवा बन्द गरेको थियो। यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले तिहारअघि नै नयाँ आवेदन खुला गर्ने बताए।

‘एक साताभित्र नयाँ आवेदन खुल्छ, त्यसपछि भर्न सकिनेछ’‚ उनले भने। विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) का लागि फ्रान्सबाट १४ लाख थान स्मार्ट कार्ड पनि ल्याउन लागेको छ।

विभागका प्रवक्ता भुसालका अनुसार कार्ड ल्याउने प्रक्रियामा छ। उनले भने,‘कार्ड ल्याउनलाई सबै प्रक्रिया पूरा भइसकेको छ, एक महिनाभित्र नेपाल आइपुग्छ।’उनका अनुसार नयाँ र नवीकरण गरिएको करिब ७ लाख कार्ड छाप्न बाँकी छ।


प्रतिक्रिया दिनुहोस !
विचार