Logo
६ श्रावण २०८३, बुधबार
|  Thu Jul 23 2026

सुनको मूल्य हालसम्मकै उच्च, बनायो नयाँ रेकर्ड


स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २० हजार पाँच सय रुपैयाँले बढेर तिन लाख ३९ हजार तिन सय रुपैयाँ पुगेको छ। यो इतिहासकै उच्च मूल्य हो। बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार  आठ सय रुपैयाँ थियो।

त्यसैगरी, आज चाँदीको भाउ पनि बढेर तोलामा ७ हजार ५०५ रुपैयाँ र १० ग्रामको ६ हजार ४३४ रुपैयाँ कायम भएको संघले जनाएको छ। आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार