नेपाली बजारमा बिहीबार (माघ २९) सुनको मूल्य सामान्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा १०० रुपैयाँले घटेको हो ।महासंघले आजका लागि प्रतितोला तीन लाख ६ हजार ५०० रुपैयाँ तोकेको छ ।
हिजो तीन लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर पाँच हजार ३४० रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन प्रतितोला पाँच हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।


