सोमबार सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ३ लाख १३ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले बढेर प्रतितोला ५ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


