राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी सरकारमा मन्त्री छान्ने चटारोमा छ । प्रतिनिधिसभामा दुईतिहाई बहुमत नजिक रहेको रास्वपा एकल सरकार बनाउने तयारीमा छ । वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने पक्का भएपनि मन्त्रीमा को–को जनो भन्ने टुंगो लागि सकेको छैन् ।
यसैबीच रास्वपाभित्र सरकारको प्रवक्ताको जिम्मेवारी समेत रहने सञ्चार मन्त्रालय कस्ले लिने भन्ने रस्साकसी चलेको देखिन्छ । सञ्चार मन्त्रालयका लागि सांसद मनिष झा र जगदीश खरेल दैडधुपमा रहेको नेताहरुले बताएका छन् ।
झा अघिल्लो संसदमा समानुपातिक तर्फबाट सांसद बनेका थिए भने खरेल सुशीला कार्की नेतृत्वको सरकारमा सञ्चार मन्त्रीको जिम्मेवारीमा थिए । पूर्वपत्रकार समेत रहेका खरेल मन्त्रीबाट राजीनामा दिए ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने, मनिष झा धनुषा ३ बाट निर्वाचित सांसद हुन् ।






