Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने बार एसोसिएसनको निष्कर्ष


कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ। सोमबार बसेको बारको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। आज बसेको पदाधिकारी बैठकमा सबैजसो पदाधिकारीले प्रधानन्यायाधीशले निकास दिनुपर्ने धारणा राखेको  कुरा  उनले बताए।

बार महासचिव लिलामणी पौडेलले पनि बारभित्र एकमत हुने प्रयास जारी रहेको र बहुमत पदाधिकारीको राय राणाले निकास दिनुपर्ने रहेको बताए।

बारले भोलि सल्लाहकार समितिको बैठक पनि बोलाएको छ। बारको सल्लाहकार समिति बैठकमा पूर्वअध्यक्ष, उपत्यका बारका पदाधिकारी र नेपाल बारका पूर्वपदाधिकारी संलग्न हुने छन्।

 


प्रतिक्रिया दिनुहोस !
विचार