Logo
५ जेष्ठ २०८३, मंगलवार
|  Tue May 19 2026

केही हप्ताभित्र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने सरकारको तयारी


काठमाडौँ । सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको सरकारले अब सुकुम्बासीहरुलाई पनि लालपुर्जा वितरण गर्ने भएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अबको केही हप्ताभित्र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने बताएकी हुन् ।

उनले सहकारीपछि सुकुम्बासी समस्या समाधानमा पनि सरकार लागिराखेको बताएकी हुन् । उनले भनेकी छन्, ‘हाम्रो लक्ष्य अबको केही हप्तामा लालपुर्जा वितरण गर्छौं ।’

सरकारले डोजर चलाएर सुकुम्बासी बस्ती हटाएको भन्दै विरोध भइरहेका बेला मन्त्री रावलको यस्तो भनाई आएको हो । उनले पुराना संरचनाले काम नगरेकाले अध्यादेशमार्फत यसमा सरकारले काम गरिरहको बताइन् ।

उनले भनिन्, ‘पुरानो ढर्राबाट हुँदैन र पुराना जति पनि हाम्रा संरचना थिए, तिनले राम्रो काम गरेन र त्यसले केही पनि रिजल्ट दिन सकेन भनेर हामीले फरक किसिमबाट जानुपर्छ भन्ने हिसाबबाट हामीले अध्यादेशमार्फत् पनि त्यो संरचनामा फेरबदल गरेका छौँ ।’

सरकारले आफूहरुलाई हटाउन लागेको भन्दै यतिबेला देशभरका सुकुम्बासी भूमिहीनहरु आन्दोलनमा उत्रिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार