Logo
८ जेष्ठ २०८३, शुक्रबार
|  Sat May 23 2026

सुधन गुरुङले दिए प्रेस काउन्सिलमा उजुरी,आवश्यक कानुनी कारबाही गर्न माग


काठमाडौं । पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले भ्रमपूर्ण र तथ्यहीन समाचार प्रकाशित गरिएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएका छन्।

केही दिनअघि “सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा” शीर्षकमा प्रकाशित समाचार पूर्णरूपमा असत्य र भ्रामक भएको दाबी उनले गरेका छन्।

सम्मान उल्लङ्घन भएको दाबी गरेका छन्। गुरुङले आवश्यक परे साइबर ब्युरोमा पनि उजुरी दिने तयारी गरेको बताइएको छ। गुरुङले आफू पारिवारिक भ्रमणमा गएको घटनासँग जबर्जस्ती जोडेर “पित पत्रकारिता” गरिएको आरोप लगााएका छन् । सम्बन्धित पक्षमाथि आवश्यक कानुनी कारबाही गर्न उनले प्रेस काउन्सिलसँग माग गरेका छन्।

उक्त प्रकरणसँग सम्बन्धित विषयमा अनुसन्धानका क्रममा प्रहरीले रिसोर्टमा जडान गरिएको सीसीटीभी उपकरण र केही सामग्री नियन्त्रणमा लिएको बताइएको छ। यस विषयलाई लिएर विभिन्न प्रतिक्रिया र बहस पनि भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार