काठमाडौं । सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।
त्यस्तै बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । बैठकले धानको समर्थन मूल्य निर्धारण गरेको छ ।
प्रवक्ता पोखरेलकाअनुसार मोटो धानको मूल्य (प्रति क्विन्टल) ३ हजार ६६० रुपैयाँ र मध्यम धानको मूल्य (प्रति क्विन्टल) ३ हजार ८६० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै बेठकले नेपाल चीन जोड्ने विद्युत् प्रशारण लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतित्यूतर पत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने निर्णय गरेको छ ।





