Logo
१२ जेष्ठ २०८३, मंगलवार
|  Tue May 26 2026

प्रधानमन्त्री र ईयू आबद्ध देशका राजदूत तथा मिसन प्रमुखहरुबीच भेटवार्ता


काठमाडौँ । प्रधानमन्त्री बालेन साहले काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघमा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग भेटवार्ता गरेका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री साहले उनीहरुसँग संयुक्त भेटवार्ता गरेका हुन् ।

भेटमा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आइतबार नेपाल आएको युरोपेली प्रतिनिधिमण्डलले यसअघि सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल र शिक्षामन्त्री सस्मित पोखरेलसँग भेट गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार