काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संसदको नयाँ भवन फिल्म हलजस्तो देखिएको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा महरले नयाँ संसद भवनको सभाहल सभाहल जस्तो नभई फिल्म हलजस्तो बनाइएको बताएका हुन् । उनले प्रतिनिधिसभाको गरिमा कायम राख्नुको साटो हलुका काम गर्न खोजेको भन्दै ध्यानाकर्षण गराए ।
उनले धेरै लगानी र समय लगाएर बनाइएको भवनको सही ढंगले व्यवस्थापन गरिनुपर्नेमा जोड दिए ।





