Logo
६ मंसिर २०८३, आईतवार
|  Sun Nov 22 2026

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई


काठमाडौँ । प्रधानमन्त्री बालेन साह दुई दिने भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई दिइएको छ ।

सरकारले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री श्रेष्ठलाई दिइएको जानकारीसहितको पत्र राष्ट्रपति कार्यालय पुगेको हो ।

प्रधानमन्त्री साह आज दिउँसो दुईदिने भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री साहसँगै दोस्रो वरीयतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र तेस्रोमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएकाले मन्त्रिपरिषद्मा चौथो वरीयतामा रहेका ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार