Logo
१४ जेष्ठ २०८३, बिहीबार
|  Fri May 29 2026

राजदूत नियुक्तिका लागि सरकारद्वारा पहिलोपटक खुला दरखास्त आह्वान


काठमाडौं । सरकारले राजदूत नियुक्तिको सिफारिसका लागि पहिलोपटक खुल्ला दरखास्त आह्वान गरेको छ । मन्त्रालयले आउँदो जुन ५ भित्र इच्छुक व्यक्तिले दरखास्त दिनुपर्नेछ । मन्त्रालय दरखास्तका लागि चाहिने योग्यता र कार्य क्षेत्रसहितको निर्देशिका पनि सार्वजनिक गरेको छ ।

राजदूत हुनका लागि कम्तीमा ३५ वर्ष पुरा भएको हुनुपर्नेछ । विशिष्ट श्रेणीकोसरहको यो पदका लागि कम्तीमा स्नातक तह अध्ययन गरेको हुनुपर्नेछ । स्नातक भन्दा माथिको शैक्षिक योग्यता र कार्यअनुभव योग्यतामा प्लस हुनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार दरखास्तहरूलाई परराष्ट्र मन्त्रालय स्क्रिनिङ गरी मन्त्रिपरिषद्‌मा पठाउने छ । मन्त्रिपरिषद्ले योग्यताअनुसार राजदूतको सिफारिस गर्नेछ । उक्त सिफारिस भएका व्यक्तिको संसदीय सुनुवाइ पछि राष्ट्रपतिले नियुक्त गर्नेछन् । राजदूतहरूले नियुक्तिपछि परराष्ट्र मन्त्रालयमा कार्यसम्पादन सम्झौता गरी कार्याक्षेत्रमा जानुपर्नेछ ।

मन्त्रिपरिषद् बाट स्वीकृत ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ (संशोधन २०७८ र २०७९) बमोजिम मन्त्रालयले बिहीबार यो दरखास्त आह्वान गरेको हो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार