Logo
१९ जेष्ठ २०८३, मंगलवार
|  Tue Jun 2 2026

आज गणतन्त्र दिवस, टुँडिखेलको कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन नगर्ने


काठमाडौं । आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।

साथै सैनिक मञ्च टुँडीखेलमा आज विशेष समारोह आयोजना हुँदैछ । सैनिक मञ्च बिहान ८ बजेदेखि सुरु हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने छ । सो समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि प्रधानमन्त्रीले समारोहलाई सम्बोधन गर्दै आएकोमा यसपटक भने प्रधानमन्त्री बालेन साहले राष्ट्रपतिलाई सम्बोधन गर्न पत्र पठाएका थिए । सोही अनुसार राष्ट्रपतिले समारोहलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीले समारोहलाई सम्बोधन गर्ने छैनन् ।

प्रधानमन्त्रीको सचिवालयले सैनिक मञ्च टुँडीखेलको कार्यक्रममा प्रधानमन्त्री जाने तर समारोहलाई सम्बोधन नगर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार