धादिङ। सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई देश फर्कने तयारी गर्न आग्रह गरेका छन् । धादिङको सल्यानटारस्थित नृसिंहधाममा आयोजित पुरुषोत्तम महामहोत्सवमा सहभागी भएका सभामुख अर्यालले देश बन्ने चरणमा गएकाले विदेशमा रहेका सम्पूर्ण नेपालीलाई अब देश फर्कने तयारी गर्न आग्रह गरेका हुन् ।
देशमा सुशासन कायम हुने, भ्रष्टाचारको अन्त्य हुने भन्दै उनले सबै धर्म मान्नेहरूले सम्मानजनक र स्वतन्त्र रूपमा आफ्नो धर्म संस्कृति अंगाल्न पाउने वातावरण बन्ने समेत उल्लेख गरे ।
उनले यो समाज र देशले चाहेको जस्तो तथा जनतालाई आवश्यक पर्ने कानुन निर्माण गर्न आफ्नो तर्फबाट अनवरत र निरन्तर काम भइरहेको पनि उल्लेख गरे ।





