सरकारले सार्वजनिक संस्थानहरूको सञ्चालन पीपीपी मोडलमा लैजाने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै सार्वजनिक संस्थानहरूलाई सार्वजनिक–निजी साझेदारी मोडल (पीपीपी)मा लैजाने घोषणा गरेका हुन् ।
यसका लागि उचित प्रणालीमार्फत विस्तृत सम्पत्ति मुल्यांकन (डीडीए) गरेर सो मोडलमा लगिने पनि अर्थमन्त्री वाग्लेले बताएका छन् ।
अब नेपाल विद्युत प्राधिकरणले टेक एन्ड पे वि धिमा विद्युत खरिद गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् ।साथै मन्त्री वाग्लेले तत्काल १० वटा आयोजनाको पीपीए गरिने बताए ।




