काठमाडौँ । प्रधानमन्त्री बालेन साहले नेपाल अल्पविकसितबाट तत्काल ग्राजुएट नहुने बताएका छन् ।
सरकारले अल्पविकसितबाट तत्काल नहट्नेगरी राष्ट्रसंघलाई लेखेको पत्रका विषयमा नेकपाका सांसदले प्रश्न उठाएका थिए । त्यसको जवाफमा प्रधानमन्त्री साहले तत्काल अल्पविकसित राष्ट्रको सूचीबाट नहट्ने भन्दै चीनको उदाहरण दिएका छन् ।
यसैगरी प्रधानमन्त्री साहले सुकुम्बासी किन हटाएको भन्ने प्रश्नमा पनि सुकुम्वासी बस्तीमा रहेका नागरिकहरुको ज्यान जोखिममा रहेकाले सरकारले उनीहरुको व्यवस्थापन गरिरहेको बताए । उनले ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्न आग्रह गरे ।
उनले भने, ‘गरिब विपन्नको कुरामा साम्यवाद, समाजवाद भनेको भाषणमा दिन सहज हो । र मज्जा पनि आउँछ । उहाँहरुको एकदमै संवेदनशील अवस्थामा हुनुहुन्थ्यो । म स्थानीय सरकारमा हुँदा नै संघ सरकारलाई उनीहरुलाई स्थान्तरण गरेर होल्डिङ सेन्टरमा राख्नुपर्ने र वास्तविक सुकुम्वासीको पहिचान गर्नुपर्ने सुझाव दिएको थिएँ । अहिले त्यही अनुरुप काम भइरहेको छ । ३५ वर्षमा समाधान नभएको कुरा ३५ मिनेटमा नखोज्नुस्।’





