Logo
२० जेष्ठ २०८३, बुधबार
|  Wed Jun 3 2026

जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ,बैंकिङ कसुरको आरोप


जनकपुर । जनकपुरधामस्थित राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन् । कृत्रिम व्यवसाय (शेल कम्पनी) खडा गरी बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा पाण्डेलाई प्रहरीले पक्राउ गरेको हाे ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)काे टाेलीले उनलाई बुधबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेज परिसरबाट पक्राउ गरेको हो । पाण्डे जानकी मेडिकल कलेजका अध्यक्षसमेत हुन् ।

महोत्तरीको बर्दिबास नगरपालिका–६ मा रहेको इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रालि नामक शेल कम्पनी स्थापना गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना तथा धितोको अस्वाभाविक रूपमा बढी मूल्यांकन गरेर प्रभु बैंकबाट कर्जा लिएको आरोपमा पाण्डेलाई पक्राउ गरिएको हो ।

पाण्डेले बैंकबाट जुन प्रयोजनका लागि कर्जा लिएको हो, त्यसलाई अन्यत्र प्रयोग गरी पटकपटक कर्जाको दुरुपयोग गरेको पाइएकाे सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार