Logo
२१ जेष्ठ २०८३, बिहीबार
|  Fri Jun 5 2026

कोरोला नाकाबाट ७ सय ७४ वटा विद्युतीय गाडी नियन्त्रण,भन्सार छलि गरेको आशंका


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७ सय ७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ । भन्सार छलि गरेको आशंकामा जोमसोम, पर्वतको कुश्मा र कास्कीको हेम्जाबाट गएराति सशस्त्र प्रहरी बलले ती गाडी नियन्त्रणमा लिएको हो ।

गाडी नियन्त्रणमा लिनको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत, नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो । यसैगरी नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत २ वटा गाडी नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिईएका गाडी आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइने सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार