Logo
२२ जेष्ठ २०८३, शुक्रबार
|  Sat Jun 6 2026

समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन,४५ पेजको प्रतिवेदनले गुरुङलाई गृहमन्त्रीमा दोहोर्‍याउला ?


काठमाडौं । तत्कालीन गृहमन्त्री एवं रास्वपाका सांसद सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन साहलाई बुझाएको छ । समितिका पदाधिकारीले शुक्रबार प्रधानमन्त्री साहलाई प्रतिवेदन बुझाएका हुन् ।

गृहमन्त्री हुँदा सार्वजनिक गरेको सम्पत्ति र सेयर लगानीको स्रोतमा प्रश्न उठेपछि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी समिति गठन गरेको थियो । समितिका सदस्य नेउपानेले आफूहरुले छानबिन सकेर प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको जानकारी दिए ।

४५ पेजको प्रतिवेदनमा आफूहरुले धेरै सुझाव दिएको जानकारी दिए । सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको साझेदारी, बुझाएको सम्पत्ति विवरण, जग्गा, सुन लगायतका विषयमा गुरुङ विवादमा तानिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार