Logo
२३ जेष्ठ २०८३, शनिबार
|  Sun Jun 7 2026

नयाँ दिल्लीको सडकमा उत्रिँदै ‘ककरोच जनता पार्टी’,शान्तिपूर्ण विरोध प्रर्दशन गर्दै


भारतमा यतिबेला कक्रोच जनता पार्टी (सीजेपी) को सक्रियता बढेको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)लाई तनाव दिनेगरी सीजेपीले सामाजिक सञ्जाललमार्फत दबाब बढाउन थालेको हो ।

सामाजिक सञ्जालमार्फत नै स्थापित उक्त पार्टी अहिले सरकारविरुद्ध आन्दोलित थालेको छ । त्यही क्रममा आज नयाँ दिल्लीको जन्तरमन्तरमा विरोध प्रर्दशन गर्दै छ । शिक्षामन्त्री धर्मेन्द्र प्रधानविरुद्ध कक्रोच पार्टीले शान्तिपूर्ण विरोध प्रर्दशन गर्न लागेको हो ।

अमेरिकामा अध्ययनरत अभिजित डिप्केको पहलमा कक्रोच पार्टी स्थापना भएको थियो । उनी आन्दोलनलका लागि दिल्ली आइसकेका छन् । बोस्टन विश्वविद्यालयका स्नातक ३० वर्षीय डिप्केले युवालक्षित कक्रोच पार्टी स्थापना गरेका हुन् । सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवालक्षित आलोचना गरेपछि यो पार्टी स्थापना भएको हो । सूर्यकान्तले बेरोजगार युवालाई कक्रोचसँग तुलना गरेका थिए । त्यसको विरोधमा अभिजितले पार्टी बनाएका हुन् । त्यसपछि भारतमा अनपेक्षित रूपमा पार्टीप्रति आर्कषण बढेको छ ।

अभिजित विगतमा आम आदमी पार्टीका राजनीतिक सञ्चार रणनीतिकारका रूपमा जोडिएका थिए । अभिजितले सामाजिक सञ्जालमा कक्रोच पार्टी स्थापना गरेलगत्तै बढेको आकषर्णले भाजपालाई पनि त्रसित बनाएको छ । भारतमा यसको इन्स्टाग्राम खातामा २ करोड २० लाखभन्दा बढी फलोअर्स छन् । यो सङ्ख्या भाजपाको भन्दा ९० लाख र कांग्रेसको भन्दा १ करोड ३० लाख धेरै हो ।

शिक्षामन्त्री प्रधानले परीक्षा अनियमितता आरोपका कारण राजीनामा माग गरेका हुन् । अभिजितको अभियानलाई लद्दाखका अभियान्ता सोनम वाङचुक पनि जन्तरमन्तरको प्रदर्शनमा सहभागी हुँदै छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार