Logo
१२ श्रावण २०८३, मंगलवार
|  Tue Jul 28 2026

डिम्याट खाताका लागि राष्ट्रिय परिचय नम्बर अनिवार्य


काठमाडौं ।आगामी साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा तथा पुराना खाताको केवाईसी अद्यावधिक गर्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ।

पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यले  डिम्याट खाताका लागि साउन १ गतेदेखि राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था लागू हुने भएको हो।

सिडिएस एण्ड क्लियरिङले जारी गरेको सूचनाअनुसार कम्पनी सञ्चालक समितिको जेठ १३ गते बसेको बैठकको निर्णयअनुसार उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको हो।

नयाँ व्यवस्थाअनुसार साउन १ गतेपछि नयाँ डिम्याट खाता खोल्ने सबै लगानीकर्ताले राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। त्यसैगरी, यसअघि खोलिएका डिम्याट खाताको विवरण अद्यावधिक (केवाईसी अपडेट) गर्ने क्रममा पनि राष्ट्रिय परिचय नम्बर समावेश गर्नुपर्नेछ।

सिडिएसका अनुसार पछिल्ला वर्षहरूमा डिम्याट खाताको संख्या उल्लेख्य रूपमा वृद्धि भएसँगै लगानीकर्ताको एकीकृत पहिचान प्रणाली विकास गर्न र दोहोरो वा त्रुटिपूर्ण विवरण नियन्त्रण गर्न राष्ट्रिय परिचय प्रणालीलाई पूँजीबजारसँग आबद्ध गर्न लागिएको हो।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार