Logo
२६ जेष्ठ २०८३, मंगलवार
|  Wed Jun 10 2026

सरकारका प्रवक्ताले गरे अर्थमन्त्रीको बचाउ,भने-बजेटमा चलखेल भएको छैन


काठमाडौं । संसद्‍मा पेस भइसकेको आर्थिक विधेयकमा करका दर हेरफेर गरेको प्रश्नमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बचाउ गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूले उनलाई करका दर हेरफेर भएको विषयमा प्रश्न सोधेका थिए ।

जवाफमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले भने, ‘अर्थमन्त्रीज्यूले एकदमै मेहनत गरेर एकदमै राम्रो बजेट ल्याउनुभएको छ । त्यसमा हाम्रो पूर्ण समर्थन छ ।’

आर्थिक विधेयकमा रहेका करका दर आफूखुसी हेरफेर गरेपछि यो विषयमा संसद्‍मा समेत प्रश्न उठिरहेको छ । खासगरी विपक्षी दलहरूले अर्थमन्त्रीमाथि प्रश्न गरिरहेका छन् र संसदीय छानबिन समिति गठन सम्मको मागको विषय उठेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार