काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई अब सदनमा नखोज्ने भएको छ ।
आज जारी संसद बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्वेले प्रधानमन्त्रीले बोलेकै कुरामा संसद लामो समय अल्मलिन नहुने पनि बताए ।उनले संसदको रोष्ट्रममा उभिएर बोल्दै संसद प्रधानमन्त्रीलाई नचाहिएको भए पनि प्रतिपक्षीलाई चाहिएको बताए ।
‘प्रधानमन्त्री फेरि कुनै दिन छापामार शैलीमा आएर उद्दण्डता मच्चाइदिनुहोला भन्ने डर लाग्न थालेको छ । त्यसैले म अब उहाँलाई खोज्न चाहन्न । मेरो मुलुकका प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठूलो छन् । संवेदनशिल छ, प्रधानमन्त्रीले बोलेकै कुरामा अल्मलिएर गरिमामय संसदको अमूल्य समय खेर फाल्नु हुन्न,’ उनले भने ।





