Logo
२१ भाद्र २०८३, आईतवार
|  Sun Sep 6 2026

सीमाबारे अभिव्यक्तिले विवादित प्रधानमन्त्री:अपी हिमालको पोस्ट चर्चामा


भारतसँगको सीमाबारे विवादित अभिव्यक्ति दिएपछि चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लिपुलेक-लिम्पियाधुरा रहेको दार्चुला जिल्लास्थित अपी हिमालको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

शनिबार बिहान उनले अपी हिमालको बेस क्याम्पमा क्रिकेट खेलिरहेको दृश्यसहितको भिडिओ फेसबुकमा पोस्ट गरेका हुन्। सीमा विषयमा भारतसँग मुख्य विवाद रहेको जिल्ला नै दार्चुला हो। यद्यपि प्रधानमन्त्री बालेनले क्याप्सनमा ‘अपी हिमाल बेस क्याम्प दार्चुला (Api Himal, Base Camp Darchula)’ मात्र लेखेका छन्।

भिडिओको पृष्ठभूमिमा उनकै गीत ‘जय महाकाली’को संगीत छ।  भारतले नेपालको भूमि मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको छ भनेर संसद्‌मै बोलेपछि विपक्षीहरूले विरोध गरिरहेका बेला उनले पश्चिमी सीमा दार्चुलाको दृश्य सामाजिक सञ्जालमा राखेर प्रधानमन्त्री बालेनले आफू नेपाली भूमि रक्षामा प्रतिबद्ध रहेको सन्देश दिन खोजेका हुन सक्छन्।

प्रधानमन्त्री शाहले नेपालका पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसारमा डिजिटल माध्यमको प्रयोगलाई प्राथमिकता दिँदै आएको सन्दर्भमा यो भिडियो सार्वजनिक गरिएको बुझिएकाे छ । अपि हिमाल सुदूरपश्चिम क्षेत्रमा पर्ने प्रमुख हिमाली शृंखला हो, जहाँको बेस क्याम्प साहसिक पर्यटनका लागि आकर्षणको केन्द्र मानिन्छ ।

अपि हिमाल बेस क्याम्प दार्चुला जिल्लामा अवस्थित एक प्रख्यात पर्यटकीय गन्तव्य हो । सुदूरपश्चिमकै सबैभन्दा अग्लो हिमालका रूपमा रहेको अपि हिमाल विदेशी पर्यटकको आकर्षण र गन्तव्यका रूपमा परिचित छ । यो हिमालको उचाइ ७ हजार १३२ मिटर छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार