Logo
३ असार २०८३, बुधबार
|  Wed Jun 17 2026

काभ्रे बस दुर्घटना:छानबिन गर्न प्रहरी प्रधान कार्यालयद्वारा ६ सदस्यीय समिति गठन


काभ्रे । काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ । शुक्रबार बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध–२ बुच्चाकोटमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु र १६ जना घाइते भएका थिए ।

सोही घटना प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालयका पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका डीएसपी गंगा सारु, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक दिनेश खरेल, इलाका प्रहरी कार्यालय देवीटार महाभारत काभ्रेपलाञ्चोकका प्रहरी हबल्दार बासुदेव खड्का र जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकका प्रहरी वरिष्ठ नायव निरीक्षक टंक शिवाकोटी सदस्य सचिव रहेको समिति गठन भएको हो ।

समितिलाई सात दिनको समय दिइएको छ । यस्तै, समितिलाई घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्यरतथ्य छानबिन गरेर प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार