Logo
३१ जेष्ठ २०८३, आईतवार
|  Mon Jun 15 2026

हामीलाई प्रवासमा रहेका नेपालीको ज्ञान, सीपको खाँचो छ:परराष्ट्रमन्त्री


बेइजिङ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको समृद्धिका लागि प्रवासमा रहेका नेपालीको ज्ञान सीप आवश्यक भएको बताएका छन् ।

आइतबार चीनको बेइजिङस्थित नेपाली दूतावासमा आयोजित नेपाली समुदायसँगको अन्तरक्रियामा मन्त्री खनालले यस्तो बताएका हुन् ।उनले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको ४ वर्षमै नेपालको शासन सत्ता सञ्चालन गर्ने अवस्थामा पुगेको र पार्टीले मुलुकलाई समृद्ध बनाउन चाहेको बताए । उनले सरकारको प्राथमिकता सुशासन भएको बताए ।

मन्त्री खनालले वर्षमा ५ लाख रोजगारी सिर्जना गरे मात्र नेपालीहरूलाई नेपालमा रोक्न सकिने बताए । उनले चीनसँगको निकटतालाई कसरी उपयोग गर्ने सकिन्छ त्यो कुरा भन्न यहाँ रहेका नेपालीलाई आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार