Logo
१ असार २०८३, सोमबार
|  Tue Jun 16 2026

भौतिक पूर्वाधारमन्त्रीको आदेश-‘ठेकेदारले काम नगरे खुट्टा भाँच्दिनू’


काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएका छन् । आइतबार नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षण क्रममा मन्त्री लम्सालले बिजुलीको पोल नसार्ने ठेकेदारको खुट्टा भाँच्न’ निर्देशन दिएका छन ।

अनुगमनका क्रममा उनले काम नगर्ने ठेकेदारलाई खोजेर ल्याई खुट्टा भाँचिदिएर भए पनि काम लगाउन निर्देशन दिएका हुन् । उनले भने, ‘यो बिजुलीको पोल सार्ने कन्ट्रयाक्टर धर्तीमा कहाँ छ ? खोजेर लिएर यहीँ राख्नुस्। काम गर्दैन भने खुट्टा भाँच्दिनू, मतलब भएन ।’

फागुन २१ को चुनावअघि बालेन साहले काम नगर्ने ठेकेदारलाई खोरमा हाल्ने बताएका थिए । मन्त्री लम्सालले बालेनले भनेझैँ ठेकेदारमाथि कडा रबैया अपनाउन थालेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार