काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालको पूर्वराजनीतिक आबद्धतालाई जोड्दै आचरणमाथि प्रश्न उठाएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले सभामुखलाई पूर्वपार्टीसँगको सम्बन्ध अझै पूर्ण रूपमा विच्छेद हुन नसकेको हो ?भन्दै प्रश्न गरेका हुन् । यादवको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले आपत्ति जनाएका छन् ।
कार्कीले प्रतिनिधिसभा नियमावलीको दफा २१ (ख) अनुसार सभामुखको आचरणमाथि छलफल बाहेक आलोचना गर्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे।





