नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले पाँच दलीय सत्ता गठबन्धन आगामी निर्वाचनसम्म नटिक्ने दाबी गरेका छन्। नेकपा एमालेको पालिका अधिवेशनका लागि गृहजिल्ला लमजुङ आएका गुरुङले बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आगामी निर्वाचनमा पुनः वाम गठबन्धन बन्नसक्ने बताए।
मंसिरमा हुने राष्ट्रिय महाधिवेशनमा आफू महासचिवमा उठ्न चाहेको उनले जानकारी दिए। गठबन्धन सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवरालाई उपभोग गरेर फाल्न खोजेको उनले आरोप लगाए। प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई ल्याएर आफ्नो सत्ता गठबन्धनले आफ्नो अभिष्ट पूरा गर्न चोलेन्द्रशम्शेर माथि यस्तो कार्ड खेलिएको उनले आरोप लगाए।
अर्ली निर्वाचनमा गएर मात्र वर्तमान गतिरोधको निकास खोज्नुपर्ने उनले बताए। सभामुखले संसदलाई जनविरोधीका काम गर्ने षडयन्त्रको अखडा बनाएको उनको आरोप थियो।





