Logo
७ असार २०८३, आईतवार
|  Mon Jun 22 2026

यो सरकार ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी हो,गन्तव्यमा नपुगी रोकिँदैनः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री बालेन साहले रास्वपाको गाडी स्थानीय सडकमा नभई ‘एक्सप्रेस वे’ मा दौडिरहेको भन्दै गन्तव्यमा नपुग्दासम्म पार्टीको अभियान नरोकिने बताएका छन्।

आइतबार चितवनको भरतपुरमा रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विभिन्न अतिथिहरूले पार्टी र सरकारलाई दिएको सुझाव तथा चिन्ताप्रति धन्यवाद व्यक्त गरे ।

उनले रास्वपाको यात्रा अनियन्त्रित नभएको स्पष्ट पार्दै पार्टी र सरकारप्रति व्यक्त गरिएका चासो र सुझावलाई सकारात्मक रूपमा लिएको बताए ।

उनले जनमत अस्थिर हुने र हावाको दिशाजस्तै नभएको बताए । उनले रास्वपाले स्थापित राजनीतिक प्रवृत्तिलाई परिवर्तन गर्दै नयाँ राजनीतिक धार निर्माण गरेको दाबी गर्दै जनताले दिएको विश्वासलाई सुशासन, विकास र परिणाममार्फत अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले विगतमा भएका फट्याइँबारे खोज्दा आवश्यक परे अख्तियारलाई ५ घण्टा मात्रै नभइ ५ वर्षसम्म नै राखेर सल्लाह गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार