Logo
८ असार २०८३, सोमबार
|  Tue Jun 23 2026

रास्वपा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, विद्युतीय मतदान हुने


चितवन । रास्वपा महाधिवेशन प्रतिनिधिको सङ्ख्या बढेको छ । चितवनको भरतपुरमा जारी महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रास्वपाका सांसद एवं नेता मनिष झाले सुरुमा ३ हजार प्रतिनिधिको आकलन गरिए पनि हाल ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भइसकेको बताए ।

‘यो सङ्ख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने देखिन्छ’, झाले भने, ‘प्रवासबाट समेत अपेक्षितभन्दा चार गुणा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ ।’

रास्वपाको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान हुने भएको छ । प्रवक्ता मनिष झाका अनुसार वैज्ञानिक दाजुभाइ राम र लक्ष्मण रिमालको भोटिङ मेसिन प्रयोग हुँदै छ ।

‘नेपालकै इनोभेसन राम लक्ष्मणजीको इलेक्ट्रिक भोटिङ मेसिन छ । त्यसको जिम्मेवारी दिएका छौँ । त्यो बापत २५ लाख दस्तुर तिरेका छौँ । प्राविधिक रूपमा उम्मेदवारको सूची पुर्‍याउन बाँकी छ । अरु सबै तयारी छ,’ उनले भने ।

भोटिङको तयारी रहेको र सम्भव भए प्रवासमा रहेको कार्यकर्तालाई मताधिकारको तयारी भइहेको पनि प्रवक्ता झाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार